२४ असोज, काठमाडौं । पोखरा नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्यान्डबल खेल सुरु भएको छ ।
उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टिम गण्डकीले मधेश प्रदेशमाथि ६६–१३ को फराकिलो अन्तरले जित निकालेको छ । उक्त खेलमा गण्डकी प्रदेश ह्यान्डबल टिमका चन्द्र केसीले सर्वाधिक १० गोल गरेका थिए ।
दोस्रो खेल प्रदेश १ ले कर्णालीलाई ३६–१ गोलअन्तरले जित निकालेको हो । प्रदेश १ को जितका लागि उज्ज्वल राईले सर्वाधिक ९ गोल गरेका थिए ।
प्रतियोगितामा ७ प्रदेश र २ विभागीय गरी ९ टिमको सहभागी छन् । विभागीय नेपाल पुलिस र गैरआवासीय नेपाली संघ (एनआरएनए) ह्यान्डबलमा सहभागी छैन् ।
असोजको २९ गतेसम्म ह्यान्डबलका खेलहरु हुनेछन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिता अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया 4