
२५ असोज, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा छापावाल सुन, ९४ हजार ७ सय रुपैयाँ प्रतितोलामा तेजावी सुन र १२ सय ३० रुपैयाँ प्रतितोलामा चाँदी खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4