+
+

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १४:४६

२५ असोज, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ ।

ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल स्रोतका अनुसार मंगलबार मुटुको चालमा उल्लेखनीय सुधार भएको छ । ‘उहाँको मुटुको पुरानो रोग कायम नै भएपनि हिजोभन्दा आज धेरै सुधार भएको छ’, अस्पताल स्रोतले भन्यो, ‘छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ ।’

अस्पतालको अनुसार सोमबार प्रतिमिनेट ३० लिटर हाइफ्लो अक्सिजन दिनुपरेकोमा मंगलबार ४ लिटरमा झारिएको छ ।

‘ब्लड प्रेसरमा पनि सुधार हुँदै गएको छ । आजदेखि झोलिलो सुप खानुभएको छ । यही रुपमा स्वास्थ्यमा क्रमिक सुधार भएमा तीन–चार दिनमा वार्डमा सार्नसकिन्छ’, स्रोतले भन्यो ।

अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?