
२५ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘संदिग्ध’ नेता प्रभु साहलाई कसले पालेको भनी प्रश्न गरेका छन् ।
ओलीले एमाले नेता साहलाई ‘केही समय अघिदेखि नै संदिग्ध गतिविधि गरिरहेको’ भन्ने टिप्पणी गरेपछि रावलले प्रश्न गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)सँगको चुनावी तालमेलबाट रुष्ट प्रभु साहले एमालेले दिएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । साथसाथै, मधेश प्रदेशमा एमालेसँगको तालमेलमा भागबण्डा गरेर जसपाले उम्मेदवार उठाएका क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
साहको उक्त कदमको विरोध गर्दै एमाले अध्यक्ष ओलीले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा साहले पहिलेदेखि नै पार्टीभित्र शंकास्पद र संदिग्ध गतिविधि गर्दै आएको आरोप लगाएका थिए ।
‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो’ रावलले सोमबार एक ट्वीटमार्फत् प्रश्न गरेका छन्, ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिबिरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’
प्रभु साहाको ‘विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।’हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?
— Bhim Rawal, PhD (@BhimRawal179) October 11, 2022
प्रतिक्रिया 4