+

बेनफिकासँगको महत्वपूर्ण खेलमा मेस्सी मैदान बाहिर

२०७९ असोज  २५ गते १५:४४ २०७९ असोज २५ गते १५:४४
बेनफिकासँगको महत्वपूर्ण खेलमा मेस्सी मैदान बाहिर

२५ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मन पीएसजीका फर्वार्ड लियोनल मेस्सीले पिडौंलाको चोटका कारण च्याम्पियन्स लिगमा बेनफिकासँगको खेल गुमाउने भएका छन् ।

चोटका कारण बेनफिकासँग आजराति हुने खेल मेस्सीले गुमाउने फ्रेन्च क्लब पीएसजीले जनाएको छ ।

मेस्सी आफैं एक उत्कृष्ट खेलाडीका साथै टिममा राम्रो कनेक्सन गराउने खेलाडी भएका कारण उनको अनुपस्थितिले टीमलाई समस्या हुन सक्ने पीएसजीका प्रक्षिशक क्रिस्टोफ गाल्टियरले बताएका हुन् ।

पिडौंला लागेको चोटले खेल्न असहज हुने भएकाले उनलाई आराममा राखिएको प्रशिक्षक गाल्टियरले बताएका हुन् ।

गतहप्ता चोटका कारण वैकल्पिक खेलाडी बनेका ब्राजिलियन फर्वार्ड नेयमार भने बेनफिकासँगको खेलमा सुरुवाती ११ मै मैदान उत्रिने छन् ।

बेनफिकासँगको खेलमा नेयमार र फ्रेञ्च फर्वार्ड केलियन एम्बापेले पीएसजीको अग्रपंक्ति सम्हाल्ने भए पनि मार्सेलसँगको खेलमा मेस्सी मैदान फर्किने प्रशिक्षक गाल्टियरले बताए ।

च्याम्पियन्स लिगको समूह एचमा पीएसजी र बेनफिका दुवैले समान ३ खेलबाट ७–७ अंक बटुलेका छन् । इटालियन क्लब युभेन्टसको ३ अंक छ भने इजरायली क्लब मक्काबीले ३ खेलमा कुनै अंक जोडेको छैन ।

लियोनेल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय