
काठमाडौं । गत साउन २७ गते अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरे । लोकतान्त्रिक पार्टी भएकाले आफूले कांग्रेस रोजेको उनले बताएका थिए ।
मंगलबार कांग्रेस महामन्त्री गगन थापासँग अनुपले भेटघाट गरे । अभिनयसँगै राजनीतिक करिअरलाई पनि अघि बढाउने योजनामा रहेका अनुपले नेता थापासँग यसबारे कुरा भएको जानकारी दिए ।
भेटमा अनुपले अर्को चुनावमा आफूले पार्टीबाटै उम्मेदवारी दिन चाहेको र त्यसमा सघाउन नेता थापालाई आग्रह गरेको अनलाइखबरलाई सुनाए । ‘यो चुनावमा चाँडो हुने भयो, अर्को पटकको चुनावमा उम्मेदवारी दिएरै अघि बढ्ने योजनामा छु । मेरो प्लान उहाँलाई सेयर गरें,’ उनले भने । गगन आफूलाई मनपर्ने नेता पनि भएकाले आफ्नो योजना बाँडेको अनुपले बताए ।
अनुप यतिबेला फिल्म ‘मायाको माया’मा व्यस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4