
फाइल तस्वीर
२५ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा सडक विभागले ६१८ किलोमिटर सडक कालोपत्रे गरेको छ । सडक विभागले गत वर्ष १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्यको ३४. ३३ प्रतिशत मात्रै प्रगति भएको विभागले जानकारी दिएको छ ।
त्यसैगरी विभागले गत वर्ष ३३५ किलोमिटर सडकमा ग्राभेल गरेको छ । तर, लक्ष्य भने ८०० किलोमिटरको थियो ।
२८० किलोमिटर कच्ची सडक खनेको विभागले ४२३ किलोमिटर सडकलाई पुनःनिर्माण तथा पुनर्स्थापना गरेको छ ।
२५० किलोटिर सडक आवधिक र नियमित मर्मत पनि भएको विभागले जनाएको छ । ३०० वटा पुलको निर्माण सक्ने लक्ष्य रहेकोमा गत वर्ष २८२ वटा पुलको निर्माण सकिएको विभागले जानाएको छ ।
विभागले गत वर्ष ५५.१८ प्रतिशत वित्तीय प्रगति हात पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4