
२६ असोज, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव विश्वनाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् ।
आफ्नो उम्मेदवारी फिर्ता लिए पनि उनले कसैलाई समर्थन नगर्ने बताएका छन् ।
यो क्षेत्रमा कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । यस्तै एमालेबाट एकबहादुर राना मगर उम्मेदवार छन् । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले पनि यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4