
२६ असोज, स्याङजा । स्याङ्जा १ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस प्रदेश सभामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी अमृता थापामगर उम्मेदवार बनेकी थिइन् ।
गठबन्धन दलहरु वीच भएको सहमति तथा पार्टी केन्द्रको निर्देशन पछि श्रेष्ठले नाम फिर्ता गरेका हुन् । श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ निकट हुन् ।
प्रतिनिधि सभातर्फ भने कांग्रेसका राजु थापा उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4