
२६ असोज्, बागलुङ । बागलुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि क्षेत्र नम्बर १ बाट १ र २ बाट ४ गरि पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
३६ जनाको उम्मेदवारी परेकोमा पाँच जनाले फिर्ता लिएसँगै अब ३१ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो ।
बागलुङ क्षेत्र नंं. १ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णशंकर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । क्षेत्र नं. १ बाट श्रेष्ठबाहेक ६ जना उमेदवार कायम रहेका छन् ।
कायम रहनेमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमालेका नेता सूर्य पाठक, राप्रपाका उम्मेदवार लक्ष्मी प्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द सापकोटा, नेपाली कांग्रेस बिपीका शिवलाल सापकोटा र स्वतन्त्र उमेदवार चन्द्रबहादुर क्षेत्री छन् ।
क्षेत्र नम्बर १ प्रदेश तर्फ (क) मा ५ जनाको उमेदवारी कायम छ । ती मध्ये कांग्रेसका दिपेन्द्रबहादुर थापा, एमालेका हिराबहादुर केसी, राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर बिक र स्वतन्त्र उमेदवार दिपेन्द्र हमाल छन् ।
क्षेत्र नंं. १ को प्रदेशसभा (ख) मा ४ जना मात्रै उम्मेदवार छन् । यो क्षेत्रमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेल, राप्रपाका गोबिन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहवीर थापा उमेदवार छन् ।
बागलुङ क्षेत्र नंं. २ मा प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार गणेशकुमार थापाले फिर्ता लिए ।
क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एमालेका मञ्जु शर्मा चालिसेको तथा, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, स्वतन्त्र उमेदवार तुलसी अर्याल र डिलबहादुर कार्की तथा नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङको उम्मेदवारी कायम छ ।
क्षेत्र नम्बर २ कोे प्रदेश सभामा स्वतन्त्र उम्मेदवार भिमलाल पोखरेल, दिपक थापा र करमती पुनले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिक्रिया 4