
२६ असोज, लमजुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
लमजुङमा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएको २ जना तथा प्रदेश सभा ‘क’ र ‘ख’ मा १-१ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका बीना गोतामे र स्वतन्त्र उम्मेदवार प्रकाश जोशीले सत्ता गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रदेश सभा ‘क’ मा मनोनयन दर्ता गराएका नेपाली कांग्रेस (वीपी) का अस्मिता गुरुङले सत्ता गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइन् ।
प्रदेश सभा ‘ख’ मा मनोनयन दर्ता गराएका हाम्रो नेपाली पार्टीका विमल घिमिरेले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए ।
प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ, नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका टकबहादुर गुरुङ, नेपाली कांग्रेस (वीपी) का लक्ष्मीकान्त पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाईजेशनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालसहित ११ जनाको उम्मेदवारी कायम छ ।
प्रदेश सभा ‘क’ मा नेकपा एमालेका जमीन्द्रमान घले, नेपाली कांग्रेसका टकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह, जनता समाजवादी पार्टी नेपालका सरस्वति गुरुङ र मंगोल नेशनल अर्गनाईजेशनका बृखबहादुर तामाङसहित ५ जनाको उम्मेदवारी कायम छ ।
प्रदेश सभा ‘ख’ तर्फ नेकपा एमालेका कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका भेषबहादुर पौडेल, जनता समाजवादी पार्टी नेपालका युवराज दुरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङ र नेपाली कांग्रेस (वीपी) को नवराज बसौला गरी ६ जनाको उम्मेदवारी कायम छ ।
प्रतिक्रिया 4