
२६ असोज, विराटनगर । मोरङ क्षेत्र नम्बर-५ का स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले ‘चापाकल’ चुनाव चिह्न पाएका छन् ।
बुधबार निर्वाचन अधिकृतको कार्यालयबाट उनले चापाकल चुनावचिह्न लिएका हुन् ।
नेकपा एमाले नेता मण्डल पाँच वर्षयता सो क्षेत्रमा उम्मेदवार बन्ने तयारी गरेका थिए । तर नेकपा एमालेले अन्तिम समयमा उनलाई टिकट दिएन् ।
जसपासँग तालमेल गर्दा मोरङ क्षेत्र नम्बर– ५ एमालेले छाडेपछि मण्डल स्वतन्त्र उम्मेदवार बनेका हुन् ।
सबैले बुझ्ने र देख्ने भएकाले चापाकल चुनावचिह्न लिएको उनले बताए । ‘हाम्रो क्षेत्रमा चापाकलको प्रयोग हुन्छ,’ उनले भने,‘ सबै मतदाताले प्रयोग गरिरहेकाले चापाकल चुनाव चिह्न लिए ।’
क्षेत्र नम्बर ५ मा एमाले र जसपाको गठबन्धनबाट जसपा नेता राजकुमार यादव, सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डल उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4