+

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङतर्फको पुरुष फोयल टिम इभेण्टमा बागमतीलाई स्वर्ण

२०७९ असोज  २६ गते १८:५७ २०७९ असोज २६ गते १८:५७
नवौं राष्ट्रिय खेलकुद : फेन्सिङतर्फको पुरुष फोयल टिम इभेण्टमा बागमतीलाई स्वर्ण

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ खेलमा बागमती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ ।

पोखरामा बुधबार भएको फेन्सिङको पुरुष फोयल टिम ईभेन्टमा बागमतीले नेपाली सेनालाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । योसँगै बागमतीले फेन्सिखेलमा मात्र स्वर्ण पदक संख्या ३ पुर्‍याएको छ ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदुर पश्चिम र प्रदेश १ ले कास्य पदक हात पारेका छन् । फेन्सिङमा प्रदेश नम्बर १ को यो पहिलो सहभागिता हो ।

फेन्सिङमा बागमतीले ३ स्वर्ण, एक रजत सहित ४ पदक प्राप्त गरेको छ । त्यसैगरी नेपाल आर्मीले दुई स्वर्ण, ४ रजत र ६ कास्य सहित १२ पदक प्राप्त गरेको छ ।

सशस्त्र प्रहरीले १ स्वर्ण, २ रजत र ५ कास्य सहित ८ पदक प्राप्त गर्दै तेश्रो हुँदा सुदूरपश्चिम प्रदेशले १ स्वर्ण पदक सहित चौथो स्थान सुरक्षित गरेको छ । गण्डकी प्रदेश र प्रदेश नम्बर १ ले एक/एक कास्य पदक प्राप्त गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय