
२६ असोज, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा सबैभन्दा धेरै उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ मा र सबैभन्दा थोरै हुम्ला र मनाङमा रहेका निर्वाचन अयोगले जनाएको छ ।
आयोगका अनुसार काठमाडौं १ मा ३२ जना उम्मेदवार छन् । जसमा महिला १० जना छन् ।
यस्तै काठमाडौं ४ तथा धनुषा ३ र मोरङ ३ मा समान ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
आयोगका अनुसार काठमाडौं २ मा ५ महिलासहित ३० जना उम्मेदवार छन् ।
सबैभन्दा कम उम्मेदवार रहेको हुम्ला र मनाङमा ३–३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
मुस्ताङमा ४ जना, रोल्पा, डोल्पा, मुगु, जुम्ला, बाजुरा र दैलेख २ तथा अछाम २ मा समान ५ जना उम्मेदवार चुनावी मैदानमा छन् । कम उम्मेदवार भएका यी क्षेत्रमा महिला उम्मेदवार छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4