+
+

सिभिल बैंकले गर्‍यो पशुपति क्षेत्रको विरुवा संरक्षण गर्न ‘ट्री गार्ड’ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १९:५२

काठमाडौं । सिभिल बैंक लिमिटेडले पशुपति क्षेत्रमा रोपिएका विरुवाहरुको संरक्षणका लागि २०० वटा ‘ट्री गार्ड’ सहयोग गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचीनजंग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालाई उक्त ट्री गार्ड हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरिएको उक्त ट्री गार्डले पाशुपत क्षेत्रको विरुवा संरक्षणमा सहयोग पुग्ने उनले बताए । विरुवा संरक्षणका लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डको मूल्य करिब ८ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

ट्री गार्ड हस्तान्तरण कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति थियो ।

यसअघि पनि पशुपति क्षेत्रको पार्किङ क्षेत्रमा ३०० वटा ट्री गार्डसहितको विरुवा रोपेर सो बिरुवा हुर्काउन लाग्ने खर्च समेत बहन गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?