+
+

घनश्यामका प्रतिस्पर्धी भन्छन् : स्वतन्त्रको दोकान चल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १७:१७

२७ असोज, बुटवल । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले स्वतन्त्रको दोकान नचल्ने बताएका छन् ।

एमालेले प्रतिनिधिसभा सदस्यका लागिरुपन्देही क्षेत्र नम्बर १ मा छविलाललाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनाएका घनश्याम भूसाललाई समर्थन गरेको छ ।

एमाले, राप्रपा र जनता समाजवादी पार्टीले बिहीबार तिलोत्तमामा गरेको चुनावी कार्यक्रममा विश्वकर्माले भूसालतर्फ संकेत गर्दै भनेका छन्, स्वतन्त्रको दोकान चल्नेवाला छैन, न बिरुवा बन्छ, न फल नै लाग्छ ।’

दलहरुमा कमीकमजोरी भए सुधार्न सकिने, तर दलको विकल्प स्वतन्त्र हुनै नसक्ने उनको दाबी छ ।

उनले पूर्वसहकर्मी भुसालमाथि राजनीतिक अपराध गरेको आरोप लगाए । आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हटाएर विपक्षी पार्टीका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु र अदालत धाउनु राजनीतिक अपराध भएको बताए ।

‘जनताले ५ वर्ष सरकार चलाउन दिएको जनमतलाई कुल्चेर २३ सिटमा थन्किएको कांग्रेसलाई सत्ता सुम्पिने काम संसदीय राजनीतिमा अपराध हो’, विश्वकर्माले भने, ‘सरकार ५ वर्ष टिक्न नदिएर अस्थिरता ल्याउनेको हिसाब चुनावमा जनताले खोज्नेछन् ।’

एमाले केन्द्रीय सदस्य शिवराज सुवेदीले घनश्याम भुसालले पार्टीविरुद्ध पटक पटक बेइमानी गरेको आरोप लगाए । टिकट नपाएपछि रातारात पार्टी छाड्नु अवसरवादी भएको भन्दै उनले भने, ‘घनश्यामजीले पार्टीविरुद्ध तीनपटक बेइमानी गर्नुभएको छ, माले बनाउनुभयो, माधव नेपाललाई पार्टी विभाजनमा उक्साउनुभयो, अहिले सत्ता गठबन्धनको इशारामा पार्टीलाई धोका दिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?