
२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् ।
कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) को पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाई दिएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेको जानकारी दिएको छ ।
संसद सदस्य नरहेका कारण कानुनमन्त्री बन्दी ६ महिनामात्र मन्त्री हुन पाउँथे । २४ असोजमा उनी नियुक्त भएको ६ महिना पुगेपछि मन्त्री पदबाट पदमुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4