
काठमाडौं । सलमान खानले होस्ट गरिरहेको भारतीय टेलिभिजन शो ‘बिग बोस’ दिनप्रतिदिन रोमाञ्चक बनिरहेको छ । यद्यपि, अधिकांश प्रतिस्पर्धीले आफ्नो वास्तविक अनुहार त खुलाएका छैनन्, तर पनि शोमा ड्रामा, मसला, झगडा र इन्टरटेनमेन्ट हेर्न पाइएको छ ।
यी सबथोक कुराबीचमा टेलिभिजन अभिनेत्री प्रियंका चाहर चौधरी सबैभन्दा अगाडि आएकी छन् । यसको ताजा प्रमाण त पछिल्लो एपिसोडमा देख्न पाइएको थियो, जहाँ उनको एक फैसलाले सबै प्रतिस्पर्धीलाई पाठ सिक्ने मौका भएको थियो । स्वयं बिग बोस पनि आश्चर्यचकित भए ।
यस्तो कमै हुने गरेको छ, जहाँ बिग बोस प्रतिस्पर्धीलाई बोलाएर कमै प्रशंसा गर्ने गर्छन् । जतासुकै प्रियंकाको फैसलालाई लिएर चर्चा भइरहेको छ ।
फ्यानहरु पनि भन्दैछन्, यदि उनले यस्तो बोल्ड कदम उठाउँदै गइन् भने अवश्य पनि बिग बोस विजेता बन्नेछिन् । यहाँ ती पाँच कारण उल्लेख गरिन्छ, जसले गर्दा प्रियंकाले बिग बोसको उपाधि जित्ने सम्भावना छ ।
गुट-उपगुटमा छैनन् सामेल
प्रियंका चौधरी सही वा गलत के हो भनेर छुट्याउन सक्छिन् । यही कारण रह्यो कि उनी सुरुदेखि नै गुट र उपगुटमा लागिनन् । बाँकीले जस्तै उनले कसैको पनि पक्ष लिइनन् । सबैलाई थाहा छ, बिग बोसको घरमा नोमिनेसनबाट बच्न ग्रुप बनाउनु जरुरी हुन्छ । तर प्रियंका यी सबै कुराबाट टाढा रहिन् । कसैको समर्थन नमिले आफू बेघर हुन्छु भन्ने थाहा पाउँदा पाउँदै पनि उनी एक्लै रहन रुचाइन् ।
सही कुरामा लिन्छिन् अडान
उदारियान सिरियलबाट चम्किएकी प्रियंकाले गलत कुरालाई लिएर अहिलेसम्म अडान लिएकी छैनन् । उनी सधैं राम्रो कुराको लागि लडेको देखिन्छ । जब अन्य प्रतिस्पर्धीले मान्यालाई सिंक सफाइ गर्न घेराउ गरेका थिए, उनी त्यतिबेला मान्याको पक्षमा उभिएकी थिइन् ।
टास्कमा ज्यान दिन्छिन्
प्रियंका चौधरी आफूलाई दिइएको काम गर्न ज्यान दिन पछि पर्दिनन् । चाहे कसैसँग उनी भिड्न परोस् । जब शिव ठाकरे र गौतम विजबीच घरको क्याप्टेन बन्नेबारे टास्क भएको थियो, निमृत कौर अहलुवालियासँग उनको लडाईं भएको थियो, उनी पछि हटिनन् । जब बिगबोसले अब्दूलाई फिचर गर्दै भिडियो बनाउने काम दिए, त्यतिबेला पनि प्रियंकाको मेहनत देखिएको थियो ।
बोल्ड फैसला लिन सक्छिन्
प्रियंकाले यस्तो साहसी निर्णय लिइन्, जसले सबैको मन जितिन् । बिग बोस आफैं पनि उनको प्रशंसक बने । उनले परिवारका सदस्यलाई यस्तो पाठ सिकाइन् जसलाई उनीहरूले भुल्न सक्ने छैनन् । प्रियंकालाई कोठा छान्ने मौका मिल्यो । उनले पहिले सबैको राय सोधिन् । त्यसपछि निर्णय गरिन् । यो सराहनीय निर्णय थियो ।
उनी जब बोल्छिन्, स्पष्ट बोल्छिन् । घुमाएर कुरा गर्दिनन् ।
मित्रता निभाउँछिन्
बिग बोसको १६ औं सिजन अक्टोबर १ देखि सुरु भएको हो । सिजन सुरु भएको यत्तिका दिनसम्म प्रियंका फेक महसुस भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनको कुरा दर्शकलाई पनि मन पर्न थालेको छ । उनी अब्दूको पनि ख्याल गर्छिन् ।
प्रतिक्रिया 4