
२८ असोज, काठमाडौं । नेपालमा भिसा अवधि सकिए पनि ओभरस्टे बसेका ३७ जना विदेशी नागरिकलाई नेपाल सरकारले सजाय छुट दिएको छ । उनीहरुले बुझाउनु पर्ने भिसा दस्तुर, विलम्ब शुल्क र जरिवाना समेतको रकम मिनाहा गर्ने निर्णय शुक्रबारको मन्त्रीपरिषद् बैठकले गरेको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार नीहरुले अब तीन महिनाभित्र नेपाल छाडिसक्नु पर्ने छ । नेपाल सरकारले देश निकाला गर्ने धेरैजसो विदेशी नागरिकमा ओभरस्टे गर्नेहरु पर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4