+

महिला फुटबलमा कर्णालीमाथि एपीएफको १६–० को जित, सावित्राको ५ गोल

२०७९ असोज  २९ गते १४:२७ २०७९ असोज २९ गते १४:२७
महिला फुटबलमा कर्णालीमाथि एपीएफको १६–० को जित, सावित्राको ५ गोल

२९ असोज, स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब विजयी भएको छ ।

वालिङमा भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० को फराकिलो अन्तरले पराजित गरेको हो । एपीएफलाई जिताउन सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् भने सरु लिम्बुले ह्याट्रिक ।

खेलको ५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी सावित्राले १३ औं, १८ औं, ४५ औं र ५२ औं मिनेमा गोल गरिन् ।

यस्तै सरुले १९ औं, ३६ औं र ४८ औं मिनेटमा गोल गरिन् ।

अनिता केसी र रबिना गोलेले २–२ तथा प्रिति राई, सविता राना, मनमाया लिम्बु, गिता रानाले १–१ गोल गरे ।

नवौं राष्ट्रिय खेलकुद सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय