
२९ असोज, काठमाडौं । प्रदेश १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको छ ।
जल तथा मौसम पूर्वामानुमान महाशाखाका अनुसार यो वर्षको मनसुन २२ जेठमा पूर्वी भूभागबाट प्रवेश गरेको थियो ।
सरदर अक्टोबर २ (१६ असोज) मा नेपालबाट बाहिरिने भए पनि यसवर्ष केही दिन ढिलो गरी बहिर्गमन सुरु भएको विभागले जनाएको छ ।
आज शनिबारबाट सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको छ ।
‘बाँकी भूभागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4