+
+

एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १७:४३

२९ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ ।

तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए ।

एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ । त्यसप्रति असन्तुष्ट एमाले नेता प्रभु साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् भने सिट बाँडफाँटमा जसपाको भागमा परेका केही क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि उठाएको छ ।

एमालेले भने साहलाई निष्काशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?