
काठमाडौं । सलमान खान स्टारर दुई प्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । कट्रिना क्याफ र सलमानको जोडी रहेको ‘टाइगर ३’ अब सन् २०२३ को तिहारमा आउनेछ ।
यसअघि यो फिल्म २१ अप्रिल, २०२३ मा प्रदर्शन तयारीमा थियो । नयाँ रिलिज डेट घोषणासहित निर्माताले सलमानको नयाँ लुक्स पनि सार्वजनिक गरेका छन् ।
यो फिल्मलाई हिन्दी, तामिल र तेलुगु भाषामा प्रदर्शन गर्ने निर्माताको योजना छ । यो फिल्म फ्रेन्चाइजको तेस्रो श्रृंखला हो । फिल्मले भारतीय खुफिया एजेन्सी रअ र पाकिस्तानी जासूसी निकाय आइएसआइकी कर्मचारी जोयाको प्रेमकथा भन्छ । यसमा इमरान हासमी पनि प्रमुख भूमिकामा देखिनेछन् ।
‘टाइगर ३’अघि सलमानको अर्को फिल्म ‘किसी का भाई किसी का जान’ डिसेम्बर ३० मा रिलिज हुनेछ । साजिद नाडियावाल निर्देशित फिल्ममा पूजा हेग्डे, शहनाज गिल, राघव जुयालको समेत प्रमुख भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4