२९ असोज, तनहुँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ६८–३० अंकको अन्तरमा हराएको हो ।
पहिलो क्वार्टरमा आर्मीले सुदुरपश्चिम विरूद्ध १७–५ को अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो क्वार्टरमा पनि आर्मीले निरन्तर अग्रता कायम गरेको थियो ।
जहाँ आर्मीले १५–३, २२–१० र २४–१२ अंक जोडेको थियो ।
यसअघिको (शुक्रबार) उद्घाटन खेलमा आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा हराएको थियो ।
प्रतिक्रिया 4