
२९ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँगको पार्टी एकताले आफूलाई राम्रो पाठ सिकाएको बताएका छन् ।
शनिवार गोरखामा आयोजित गठबन्धन दलहरुको अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रममा बोल्दै एमालेसँगको पार्टी एकताको अनुभव अहिले गठबन्धनमा काम लागेको बताए ।
‘राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरियो, विकास र समृद्धि भनेर पार्टी एकता पनि गरियो, तर तीन वर्ष नपुग्दै भताभुङ्ग भयो,’ उनले भने, ‘उल्टै पार्टी भित्रैबाट निरकुंशता, छल, कपट बेइमानी देखियो ।’
त्यसपछि नेपाली कांग्रेस, माओवादी र अन्य लोकतन्त्रवादी वामपन्थी पार्टीको गठबन्धन नै ‘नेचुरल’ र स्वभाविक गठबन्धन हुने भनेर कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा घरमा पटक पटक बैठक बसेको स्मरण उनले गरे ।
‘बैठकमा कांग्रेसका नेता साथीहरुले तपाईंले के पाउनुभयो पार्टी एकता गरेर, आखिर तीन वर्ष पनि टिकेन भनेर सोध्नुभयो,’ प्रचण्डले भने, ‘लामो भन्ने पनि केही थिएन, मैले ज्ञान प्राप्त गरेर आएँ अब यो गठबन्धनलाई काम लाग्छ भनेको थिएँ, अहिले काम लागिरहेको छ ।’
प्रतिक्रिया 4