
चितवन । अभिनेत्री स्वस्तिमा खड्का यतिबेला भारतमा छिन् । इन्डस भ्याली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिन उनी चण्डीगढ पुगेकी हुन् । यसै साता बाबा ज्याक्सनसँको उनको डान्स सार्वजनिक भएको थियो ।
फेस्टिभलमा शनिबार स्वस्तिमाको भेटवार्ता बलिउड अभिनेता शौरभ शुक्लासँग भएको छ । शुक्ला पनि फेस्टिभलमा भाग लिन यतिबेला चण्डीगढमै छन् ।
शुक्लासँगको भेट आफ्नो लागि सिकाइयोग्य रहेको भन्दै स्वस्तिमाले भेटघाटका तस्वीर सार्वजनिक गरेकी छन् । शुक्लासँगको भेटबारे जानकारी दिंदै स्वस्तिमा लेख्छिन्, ‘त्यहाँ सधैं एउटा कुरा सिक्नको लागि छ । इन्डस भ्याली फिल्म फेस्टिभलको क्रममा शौरभ शुक्लासँग कुराकानीमा ।
View this post on Instagram
‘नेपाल र भारतीय फिल्म उद्योगको सन्दर्भमा हामीबीच ठोस कुराकानी भयो । उहाँले नेपाली फिल्म उद्योग बारेमा जान्न चाहनुभएको चासो र कामको अनुभव आदानप्रदान गरेको देख्न खोज्नु साँच्चिकै रोचक थियो ।’
प्रतिक्रिया 4