
काठमाडौं । गत वैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटी र अमेरिका निवासी आशिष गेलालले धुमधामले विवाह गरे । विवाह लगत्तै वर्षा श्रीमानसँग अमेरिका पनि गइन् र त्यहाँ केही समय आशिषसँगै बसिन् । उनीहरुका रोमान्टिक मोमेन्टका तस्वीर पनि सार्वजनिक भएका थिए ।
अमेरिकाबाट फर्किएपछि अनलाइनखबरसँग कुरा गर्दै वर्षाले आफूले श्रीमान र फिल्म करिअरलाई सन्तुलन मिलाएर अघि बढाउने बताएकी थिइन् । आफूलाई श्रीमानबाट व्यावसायिक करिअरमा सहयोग मिलेको पनि उनको भनाइ थियो ।
अमेरिकाबाट फर्किएपछि न त वर्षा न त आशिषले एकअर्काका युगल तस्वीर पोस्ट गरेका छन् । बरु उनीहरुले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । वर्षाकी आमा दुर्गा र आशिषले पनि एकले अर्कोलाई अनफलो गरेका छन् । वर्षा र आशिषले विवाहका बाहेक अन्य तस्वीर पनि हटाएका छन् ।
अनफलो गर्दैमा सम्बन्धमा दरार आउँछ भन्ने निश्चित त होइन, तर दरारको संकेत मिलेको छ । एकातिर अनफलो गर्नु र अर्कोतिर फोटै हटाउनुले सम्बन्धका खटपटको संकेत चाहिं दिन्छ ।
पछिल्लो समय वर्षाले आमा दुर्गासँग सिंगापुर र थाइल्याण्ड भ्रमणबाहेकका अन्य तस्वीर पोस्ट गरेकी छैनन् । के वैवाहिक सम्बन्धमा दरार आउन लागेको हो ? पक्कै पनि वर्षाले यसबारे आफ्नो धारणा बाहिर ल्याउलिन् ।
यसबारे बुझ्न वर्षालाई सम्पर्कको प्रयास गरिए पनि उनी उपलब्ध भइनन् ।
प्रतिक्रिया 4