
३० असोज, काठमाडौं । संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति शोक जनाउँदै र उनीप्रति श्रद्धाञ्जली दिनका लागि ललितपुर महानगरपालिकाले आज (आइतबार) सेवा बन्द गरेको छ ।
जोशीको शवलाई श्रद्धाञ्जलीका लागि महानगरपालिकाको प्राङ्गणमा राखिने भएकाले महानगरबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले जानकारी दिए ।
१०३ वर्षका जोशीको उपचारका क्रममा आज बिहान किष्ट अस्पताल ग्वार्कोमा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4