+
+

हङकङ र मकाउका लागि ‘एक देश, दुई प्रणाली’ उत्कृष्टः चिनियाँ राष्ट्रपति सी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १४:४५

३० असोज, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव एवं चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन प्रशासित हङकङ र मकाउका लागि ‘एक देश, देश दुई प्रणाली’ को व्यवस्था उत्कृष्ट साबित भएको बताएका छन् । पार्टीको २०औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सीले यही व्यवस्थालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने आवश्यक्ता समेत औंल्याएका हुन् ।

महाधिवेशनमा सहभागी पार्टीका प्रतिनिधिलाई सम्बोधन गर्दै सीले देशभक्तहरूद्वारा प्रशासित हुने र त्यहाँका नागरिकहरूले स्वायत्ततापूर्वक अधिकार उपभोग पाउने बताए । ‘हामीले एक देश, दुई प्रणालीअन्तर्गत हङकङका नागरिकले हङकङमा शासन गर्ने र मकाउका नागरिकले मकाउमा शासन गर्ने र उच्च तहको स्वयत्ततासहित कानूनी शासन लागू गर्नैपर्छ,’ उनले भने, ‘त्यसो हुँदा हङकङ र मकाउका सरकारलाई माथिबाट केन्द्रीय सरकारले हेर्छ ।’

उनले दुवै मुलुकलाई विशेष प्रशासननिक क्षेत्र भन्दै त्यहाँ रहेका आर्थिक र सामाजिक समस्या समाधानका लागि दुई चीनको राष्ट्रिय रणनीतिमा अझैं बलियो गरि जोडने प्रतिबद्धतासमेत जनाए ।

‘हामीले हङकङ र मकाउलाई उनीहरूको अर्थतन्त्रको विकास, नागरिकको जीविकोपार्जनमा सुधार र आर्थिक र सामाजिक विकासमा रहेका अन्तरविरोधहरूलाई हल गर्न सहयोग गर्नुपर्छ,’ उनले भने, ‘जसले गर्दा हङकङ र मकाउलाई देशको समग्र विकास प्रक्रियासँग एकीकृत गरेर चीनको विकासमा कायापलट गर्न सकियोस् ।’

सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन राजधानी बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा सुरू भएको छ । अबको एक हप्ता चल्ने यस महाधिवेशनले विश्वको उदयीमान शक्तिशाली मुलुक चीनको शासन व्यवस्था चलाउने कम्युनिस्ट पार्टीको राजनीतिक र सैन्य नेतृत्व चयन गर्नेछ भने आगामी पाँच वर्षमा गरिने योजनाहरू तय गर्नेछ ।

महाधिवेशनको उदघाटन सत्रलाई पार्टी महासचिव सीले सम्बोधन गरेका छन् । सीले गरेको पौने दुई घण्टा लामो सम्बोधनमा गएको पाँच वर्षमा प्राप्त उपलब्धी र आगामी पाँच वर्षमा गरिने कामहरूको फेहरिस्त पेस गरेका छन् । उनले १९औं र।ष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अन्तिम प्लेनमले पारित गरेको राजनीतिक प्रतिवेद उदघाटन सत्रमा पेस गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?