३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको समूह सी को खेलमा अर्को विभागीय क्लब नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दे आर्मी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो ।
आर्मीका लागि नवयुग श्रेष्ठले १५औं र दिनेश हेमजनले २९ औं मिनेटमा गोल गरे ।
नवयुग श्रेष्ठले १५औं मिनेटमा गरेको गोल आर्मीले खेलका क्रममा दुर्घटना हुँदा ज्यान गुमाउने प्याराग्लाइडिङ खेलाडी निसिम थापाप्रति समर्पण गरेको थियो ।
आर्मीले पहिलो खेलमा लुम्बिनीलाई ४-१ ले पराजित गरेको थियो । आर्मी सेमिफाइनल पुगेपछि पुलिस र लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएका छ ।
प्रतिक्रिया 4