
काठमाडौं । प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ’जाने भए जाउ माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
मर्मस्पर्शी गीतमा सरन गुरुङको स्वर समावेश छ । शब्द र संगीत बिकास ल्वागुनको छ । कोबिद बज्रले संगीत संयोजन गरेका हुन् ।
सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत एल्बम ‘सहना’मा समावेश छ । यो एल्बम नोभेम्बर १३ मा बिमोचन हुने गायक गुरुङले जानकारी दिए । रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा एल्बम तयार भएको हो ।
भिडियोमा सपुत र घिमिरे दम्पतिको भूमिकामा फिचर्ड छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् ।
निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । अमेरिकामा बस्दै आएका गायक गुरुङले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।
https://www.youtube.com/watch?v=6vZtDkaBSTg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4