३१ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सफ्ट टेनिस पुरुष एकलमा प्रदेश १ का युकेश योञ्जन र महिला एकलमा एपीएफकी समृद्धि महर्जनले स्वर्ण जितेका छन् ।
पोखरा रंगशालाको टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदेश १ का युकेशले बागमती प्रदेशका प्रदिप खत्रीलाई ४-१ को सेटमा हराए ।
पुरुष एकलमा बागमतीका निर्मल स्थापित र लुम्बिनी प्रदेशका सुरज चौधरीले कांस्य जिते ।
यस्तै महिला एकलमा एपीएफकी समृद्धि महर्जनले बागमती प्रदेशकी चन्द्रमाया राईलाई ४-२ को सेटमा हराउँदै स्वर्ण जितिन् ।
प्रदेश १ मी श्रेया योन्जन र बागमती प्रदेशकी स्वस्तिका विष्टले कांस्य जितिन् ।
प्रतिक्रिया 4