+
+

मनाइयो प्रहरी दिवस, पूर्वएआईजी सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १२:४८

३१ असोज, काठमाडौं । नेपाल प्रहरीले आज ६७ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष समारोह आयोजना गरिएको छ ।

नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ ।

सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी थिए ।

कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मान समेत गरिएको थियो । सम्मान ग्रहणको क्रममा उनीहरु भावविह्वल अवस्थामा देखिन्थे ।

दिवंगत प्रहरीहरुको सम्मानमा निर्मित स्तम्भमा आगन्तुकहरुले माल्यार्पण पनि गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीले ड्रोनमार्फत् प्रहरी दिवसको ब्यानर उडाएको थियो ।

कार्यक्रममा पूर्वएआईजी राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । सिंह नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष समेत हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका थिए । हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनलाई धन्यवाद समेत दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?