+

डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर र लुम्बिनीकी संगितालाई स्वर्ण

२०७९ असोज  ३१ गते १२:१५ २०७९ असोज ३१ गते १२:१५
डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर र लुम्बिनीकी संगितालाई स्वर्ण

३१ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत डिस्कस थ्रोमा त्रिभुवन आर्मीका चित्रबहादुर वली र लुम्बिनी प्रदेशकी संगिता अधिकारीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका वलीले ३८.४८ मिटर थ्रो गरेर स्वर्ण जितेका हुन् ।

३२.७५ मिटर थ्रो गरेका नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत र ३१.१० मिटर थ्रो गरेका सुदूरपश्चिमका हेमन्त पालले कांस्य पदक जिते ।

यस्तै महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले ३५.१० मिटर थ्रो गरेर स्वर्ण जितेकी छन् । संगीताले जितेको स्वर्ण लुम्बिनी प्रदेशको पहिलो स्वर्ण हो ।

एपीएफकी जितकुमारी महतोले ३३.६० मिटर थ्रो गर्दै  रजत र त्रिभुवन आर्मीकी मिलन बुढा मगरले ३२.३५ मिटर थ्रो गर्दै कांस्य पदक जिते ।

चित्रबहादुर वली नवौं राष्ट्रिय खेलकुद संगीता अधिकारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय