+

टी-२० विश्वकप : अभ्यास खेलमा अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

२०७९ असोज  ३१ गते १३:४१ २०७९ असोज ३१ गते १३:४१
टी-२० विश्वकप : अभ्यास खेलमा अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

३१ असोज, काठमाडौं । आइसीसी टी–२० विश्वकपको तयारी खेलमा भारतले अष्ट्रेलियामाथि ६ रनको जित हात पारेको छ ।

ब्रिस्बेन क्रिकेट ग्राउन्डमा भएको अभ्यास खेलमा भारतले दिएको १८७ को लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा १८० रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि अरोन फ्रिन्चले सर्वाधिक ७९ रन बनाए । ओपनर ब्याटर माइकल मार्स ३५ रनमा बोल्ड आउट हुन पुगे । तेस्रो क्रमका स्टेफेन स्मिथ ११ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । त्यसपछिका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

माथिल्लो क्रमका ब्याटरको प्रदर्शन राम्रो भए पनि पछिल्लो क्रमका तीन ब्याटर खाता नै नखोली आउट भए पछि अष्ट्रेलिया झिनो रनले पराजित भएको हो । भारतका लागि मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिएका हुन् । अन्तिम समयमा जसप्रित बुमराहको स्थानमा अवसर पाएका शामीले अभ्यास खेलमा आफूलाई प्रमाणित गरेका हुन् ।

भुवनेश्वर कुमारले २ विकेट लिए । त्यस्तै अर्शदिप सिंह, हर्शल पटेल र युज्वेन्द्र चाहलले समान १ विकेट लिएका हुन् ।

टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । भारतका लागि लोकेश राहुलले ३३ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रन बनाए । सूर्यकुमार यादवले ३३ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा आउट भए ।

कप्तान रोहित शर्मा १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । विराट कोहली १३ बलमा १ चौका र १ छक्कासहित १९ रनमा आउट भए । कोहली मिचेल स्टार्कको बलमा मिचेल मार्शबाट क्याच भए ।

हार्दिक पान्ड्या भने ५ बलमा २ रनमा आउट भए । दिनेश कार्तिक १४ बलमा १ चौका र १ छक्कासहित २० रन बनाए । अक्षर पटेल र रविचन्द्रन आश्विनले ६–६ रन बनाए । अष्ट्रेलियाका तीव्र गतिका बलर केन रिचर्ड्सनले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । मिचेल स्टार्क, ग्लेन म्याक्सवेल, एस्टन अगरले एक एक विकेट लिए ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय