+
+

कांग्रेसको बागी उम्मेदवार देवीले गरिन् जगतलाई समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते ११:५७

१ कात्तिक, काठमाडौं । धादिङ क्षेत्र नं. २ (ख) बाट बागी उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी महासमिति सदस्य देवी पाण्डे बुर्लाकोटीले गठबन्धनका उम्मेदवार जगत सिंखडालाई समर्थन गर्ने निर्णय गरेकी छिन् ।

उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन गरेर जानुपर्ने पार्टीको बाध्यतालाई आत्मसात गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय पारेको जानकारी दिएकी हुन् । उक्त क्षेत्रबाट सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट जगत सिंखडा उम्मेदवार बनेका छन् । उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

पाण्डेले उम्मेदवारी चयन प्रक्रियामा अन्याय भएको लागेकोले स्वतन्त्र उम्मेदवारी दर्ता गराए पनि गठबन्धनको बाध्यतालाई आत्मसात गरेर उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

कांग्रेसले बागी उम्मेदवारी दिने नेता कार्यकर्तालाई कारबाही गरे पनि आत्मालोचनासहित उम्मेदवारी निस्क्रिय पारेर गठबन्धनको पक्षमा सक्रिय भए कारबाहीमा पुनर्विचार गर्नसक्ने पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?