
काठमाडौं । विदेशी मुद्रा सञ्चिती गर्नुपर्ने भन्दै बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीको राजधानी ढाकामा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा रोक लगाएको छ ।
विश्वभर विदेशी मुद्रा सञ्चितीको अवस्था भयावह भएकाले त्यसलाई ख्याल गर्दै फतेहीको कार्यक्रम रोकिएको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । त्यहाँको सांस्कृतिक मामिला मन्त्रालयले कार्यक्रम गर्न अनुमति नदिइएको भन्दै सूचना जारी गरेको छ ।
अभिनेत्री फतेहीले वुमन लिडरसिप कर्पोरेसनले आयोजना गर्न लागेको कार्यक्रममा नाच्ने र पुरस्कार वितरण गर्ने तयारी थियो । अक्टोबर १२ सम्म बंगलादेशमा विदेशी मुद्राको सञ्चिती ३६.३३ बिलियन डलरमा घटेको र यो रकम ६ महिनाको आयातका लागि पुग्ने सन्दर्भ समेत मन्त्रालयले उल्लेख गरेको छ ।
मोरक्कन-क्यानडेली मूलकी फतेहीले सन् २०१४ देखि बलिउड फिल्ममा डेब्यु गरेकी थिइन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले यस महिनाको अन्त्यमा बंगलादेश सरकारसँग ऋणबारे वार्ता गर्न टोली पठाउँदैछ ।
प्रतिक्रिया 4