१ कात्तिक, पोखरा । भारोत्तोलनको ८१ किलो तौल समूहमा पुलिसका विकास थापाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
उनले क्लिन एण्ड जर्कमा १३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले स्न्याचमा ११२ किलो गरी कुल २५१ किलो तौल उठाए ।
यसअघि ८१ किलो तौल समूहको क्लिन एण्ड जर्कमा विकास भट्टको नाममा १३८ किलो तौल उठाएको राष्ट्रिय कीर्तिमान थियो । जसलाई विकास थापाले तोडेका हुन् ।
चोट बोकेरै खेलेका उनले स्वर्ण जितेपछि खुसी व्यक्ति गरे । भने, ‘चोटका वावजुद पनि मैले अपेक्षा गरेको नतिजा निकालेँ, धेरै नै खुसी छु ।’
यो समूहमा मधेस प्रदेश रामगुरु यादवले स्न्याचमा ८८ र क्लिन एण्ड जर्कमा ९५ गरी कुल १८३ किलो तौड उठाएर रजत पदक जिते ।
यस्तै सुदूर पश्चिम प्रदेशका नरेशकुमार चौधरी स्न्याचमा ७७ किलो र क्लिन एण्ड जर्कमा ९७ गरी कुल १७४ किलो तौल उठाएर कांस्य पदक जिते ।
प्रतिक्रिया 4