+

३ राष्ट्रिय कीर्तिमानसहित तारादेवीले जितिन् भारोत्तोलनमा स्वर्ण

२०७९ कात्तिक  १ गते १७:२४ २०७९ कात्तिक १ गते १७:२४
३ राष्ट्रिय कीर्तिमानसहित तारादेवीले जितिन् भारोत्तोलनमा स्वर्ण

१ कात्तिक, पोखरा । तीन राष्ट्रिय कीर्तिमानसहित तारादेवी पुनले  नवौं राष्ट्रिय खेलकुदको भाराेत्ताेलनमा स्वर्ण पदक जितेकी छिन् ।

पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन् ।

उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार वहन गरिन् ।

यो स्पर्धामा यसअघि लक्ष्मी बमको नाममा राष्ट्रिय कीर्तिमान थियो । उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा लक्ष्मीले स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

तीन वटा कीर्तिमान बनाएकी तारदेदी राष्ट्रिय खेलकुदमा लगातार ६ स्वर्ण जित्ने एकमात्र खेलाडी हुन् । उनले २०५५ मा मध्यपश्चिममा भएको चाैथाे राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल भलिबल टिमबाट स्वर्ण जितेकी थिइन् ।

नेपाल पुलिसमा अनुबन्ध भएयता भाराेत्ताेलन खेल्न थालेकी उनले पाँचाैदेखि नवाैं राष्ट्रिय खेलकुदसम्म लगातार स्वर्ण जितिन् । १०० किलो भन्दा बढी भार वहन गर्ने उनी एकमात्र नेपाली महिला खेलाडी हुन्।

महिला ८१ केजी तौल समूहमा एपीएफकी अञ्जली श्रेष्ठले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६९ गरी कुल १२१ केजी भार वहन गरी रजत जितिन् ।

सुदूरपश्चिमकी चम्पाकुमारी ठकुल्ला ले कांस्य जितिन् । उनले स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार वहन गरिन् ।

तारादेवी पुन नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय