+

इन्डिभिज्युल टाइम ट्रायाल साइक्लिङमा आर्मी र एपीएफलाई स्वर्ण पदक

२०७९ कात्तिक  १ गते १७:४३ २०७९ कात्तिक १ गते १७:४३
इन्डिभिज्युल टाइम ट्रायाल साइक्लिङमा आर्मी र एपीएफलाई स्वर्ण पदक

१ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रायाल विधामा महिलातर्फ नेपाल आर्मी र पुरुषतर्फ एपीएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।

पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रायाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१.४१० सेकेण्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जितेकी हुन् ।

निर्धारित दूरी ४२ मिनेट २०.८८६ सेकेण्डमा पूरा गर्दै एपीएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन् । त्यसैगरि ४२ मिनेट ५५.९६२ सेकेण्डमा दूरी पुरा गर्दै नेपाल आर्मीकै मञ्जु कुमारी खड्काले कांस्य हात पारिन् ।

पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रायाल साइक्लिङमा एपीएफले स्वर्ण र कास्य तथा नेपाल आर्मीले रजत पदक जितेका छन् । २० किलोमिटरको दूरी ३४ मिनेट ०४.३०९ सेकेण्डमा पूरा गर्दै एपीएफका सुरज रानामगरले स्वर्ण पदक जिते ।

नेपाल आर्मीका हिमाल टमाटाले ३६ मिनेट ४५.४१९ सेकेण्डको समय निकालेर रजत पदक जिते । ३६ मिनेट ५०.४४६ सेकेण्डमा दरी पूरा गरेका एपीएफकै लक्ष्मण मल्लले कांस्य पदक जितेका छन् ।

सात प्रदेश र तीन विभागीय गरि १० टिमको सहभागिता रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रायाल विधा सकिएको छ ।

भोलि (बुधबार) रोड रेस मास स्टार्ट पोखराको हेमजामा हुनेछ । साइक्लिङमा पुरुष र महिला गरि ८-८ स्वर्ण, रजत र कांस्य पदकको प्रतिस्पर्धा छ ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय