
राजु गुरुङ
२ कात्तिक, काठमाडौं । रुपन्देही– २ सत्ता गठबन्धन्धनका साझा उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ ।
बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा दुवै पक्षलाई बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4