२ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ ।
पोखरामा आज (बुधबार) सम्पन्न प्रतियोगितामा पुलिसले ६ स्वर्ण, २ रजत र ४ कांस्य पदक जित्यो । अर्को विभागीय टिम एपीएफले १ स्वर्ण, ४ रजत र १ कांस्यसहित दोस्रो स्थानमा रह्यो ।
बागमती प्रदेशले १ रजत र २ कांस्य जित्यो भने आर्मी र एनआरएनएले समान २ कांस्य जिते ।
आयोजक गण्डकी प्रदेश र प्रदेश १ ले १–१ कास्य जिते । मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन् ।
बुधबार भएको महिला सिंगल्सको फाइनलको फाइनलमा नबिता श्रेष्ठले आफ्नै नन्द एलिना महर्जनलाई हराइन् । यी दुवै नेपाल प्रहरीका खेलाडी हुन् ।
यसैगरी पुरुष सिंगल्सतर्फ प्रहरीका स्यान्टू श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ४–१ सेटले पराजित गरेका थिए ।
प्रतिक्रिया 4