२ कात्तिक, काठमाडौं । आइसीसी टी-२० विश्वकपमा बुधबार आयरल्याण्डले स्कटल्यान्डमाथि ६ विकेटको जित हात पारेको छ ।
स्कटल्यान्डसँगको जितपछि आयरल्यान्डले सुपर-१२ मा प्रवेश गर्ने सम्भावना कायम राखेको छ ।
जितका लागि पाएको १ सय ७७ रन आयरल्यान्डले चार विकेट गुमाएर १९ ओभरमा पूरा गरेको हो ।
आयरल्यान्डका लागि कुर्टिस क्याम्पफरले ३२ बलमा ७ चौका र २ छक्का सहति ७२ रन बनाए । जर्ज डकरेलले २७ बलमा ३९ रन बनाए ।
ओपनर पल स्टर्लिङ र एन्डि बालवीर्नी क्रमश ८ र १४ रन बनाउँदै क्याच आउट भए । टस्करले २०, टेक्टरले १४ रन बनाए ।
स्कटल्यान्डका लागि मार्क वाट वार्ड वुएल साफ्यान सारिफ र माइकल लिएस्कले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्डका लागि माइकल जोन्सले ७६ रन बनाएका थिए । जोन्सले ५५ बलमा ८६ रन बनाए । उनले ६ चौका र ४ छक्का प्रहार गरे । कप्तान रिची बेरिङटनले २७ बलमा ३७ रनको योगदान दिए ।
आयरल्यान्डका लागि कुर्टिस क्याम्पफरले सर्वाधिक २ विकेट लिए । त्यस्तै जोस लिटल र मार्क अदेरले समान १ विकेट लिए ।
प्रतिक्रिया 4