+
+

एकीकृत समाजवादीको चुनावी कमाण्डर माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १७:५९

२ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्यहरु र पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु एवं जनवर्गीय संगठनका पदाधिकारी सदस्य रहेका छन् ।

त्यस्तै बैठकले महासचिव भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ । जसको सदस्यमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भूसाल,  प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल रहेका छन् ।

अन्य सदस्यहरुमा विष्णु लम्साल, धनप्रसाद गौतम, मोहन गौतम, रमेश रञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री, विश्वमणि सुवेदी,प्रकाश खतिवडा, विशाल भण्डारी, सुदेश पराजुली र नितेश पौडेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?