
२ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौं उपत्यका लगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लाग्न थालेको छ ।
विभिन्न सहरका मुख्य व्यापारिक क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने सरसामान खरिद गर्नका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ ।
प्रायः सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, महाबौद्ध लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्न सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ ।
बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधरणको भीडले तिहार पर्व भित्रिएको छनक देखिन्छ ।
विशेष गरी भाइ मसला, फूलका माला, झिलिमिली बत्ती, खाद्यान्न, कपडा लगायतका सरसामान किन्न सर्वसाधारणहरुको भीड लागेको देख्न सकिन्छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4