+

सन्तोषी, नविता र जयरानीहरूको जादू चलेको दिन

२०७९ कात्तिक  २ गते २०:५७ २०७९ कात्तिक २ गते २०:५७
सन्तोषी, नविता र जयरानीहरूको जादू चलेको दिन

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदको छैटौं दिन बुधबार त्रिभुवन आर्मीले स्वर्णको शतक पूरा गरेको छ ।

एथलेटिक्सको ट्रयाक इभेन्टमा जयरानीको जादू पाँचौं दिन पनि जारी छ । उनले उनले चार गुणा सय मिटर रिलेमा नेपाल आर्मीका लागि स्वर्ण जितिन् । उनले यसअघि १०० र ४०० मिटर हर्डल्स तथा लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिसकेकी छन् । विहीबार चार गुणा चार सय मिटर रिलेमा प्रतिस्पर्धा गर्दैछिन् ।

नेपाल पुलिसकी नविता श्रेष्ठ टेवलटेनिसको महिला एकलमा च्याम्पियन बनिन् । छैटौं राष्ट्रिय खेलकुददेखि नै उनी स्वर्ण जितिरहेकी छन् । उनी राष्ट्रिय खेलकुदमा लगातार चौथो स्वर्ण विजेतामात्र होइनन् समग्रमा ९ पल्टकी राष्ट्रिय च्याम्पियन हुन् ।

ब्याडमिन्टनमा प्रिन्स पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बन्दा नेपाल पुलिसकै चन्द्रकला लामगाडेले ज्याभलिनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । उसले यसअघि शटपुटमा पनि स्वर्ण जितेकी थिइन् ।

 छैटौं दिन स्वर्ण पदकका केहि स्पर्धाका तस्वीरहरु

८०० मिटर दौडमा स्वर्ण जितेकी एपीएफकी फुलमती राना । उनले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । नवौँ राष्ट्रिय खेलकुदमा उनको यो व्यक्तिगत दोस्रो स्वर्ण हो ।

त्रिभुवन आर्मी क्लबमा सोम बहादुर कुमाल ८०० मिटर दौडमा स्वर्ण जितेपछि बुबा, आमा र छोरीकाे साथ । उनले निर्धारित दूरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । सोमको यो व्यक्तिगत दोस्रो स्वर्ण हो ।
सन्तोषी श्रेष्ठ ५००० मिटरमा प्रतिस्पर्धा गर्दै ।
राष्ट्रिय खेलकुदमा ज्याभलिन थ्रोतर्फ लगातार तीन संस्करणमा स्वर्ण जितेपछि नेपाल पुलिसकी चन्द्रकला लामगादे ।
ज्याभिलन थ्रो मा ४७.६० मिटर थ्रो गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएपछि आफ्नी छोरीका साथ चन्द्रकला लामगाडे ।
बक्सिङ
बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी ।
जुडोको ७० केजीमुनी तौल समूहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले नेपाल पुलिसकी रन्जना खड्कालाई हराउँदै स्वर्ण जितिन् । उनी दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता खेलाडी हुन् ।
टेवलटेनिसको एकलतर्फ स्वर्ण विजेता स्यान्टू श्रेष्ठ र नविता श्रेष्ठ । स्यान्टूले एपीएफका सुरेन महर्जनमाथि ४–१ को सेटमा सहज जित निकाल्दा नविताले आफ्नै क्लबकी एलिना महर्जनलाई ४–३ को प्रतिस्पर्धात्मक सेटमा हराइन् ।
भारोत्तोलनमा टिम च्याम्पियन बनेको नेपाल पुलिस टिम । २० स्वर्ण, २० रजत र ४० कांस्यका लागि भएको प्रतिस्पर्धामा पुलिसले १२ स्वर्ण र ७ रजत जित्यो । दोस्रो भएको आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कांस्य जित्यो ।
एक महिनाअघि मात्रै पुलिसमा आवद्ध भएका प्रिन्स दाहालले राष्ट्रिय खेलकुदमा पहिलोपल्ट स्वर्ण जिते । उनले आफ्नै क्लबका विष्णु कटुवाललाई २१–१२ र २१–९ को सहज सेटमा पराजित गरे ।
हर्डल्स पुरुष चार सय मिटरमा स्वर्ण जितेका त्रिभुवन आर्मी क्लबका राम प्रसाद थारु । उनले निर्धारित दूरी ५३.५३ सेकेण्डमा पूरा गरे ।
नवौं राष्ट्रिय खेलकुद
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय