३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ट्रिपल जम्पमा विभागीय टोली एपीएफकी शिला चौधरीले स्वर्ण जितेकी छन् ।
पोखरा रंगशालामा बिहीबार ११.०१ मिटर जम्प गर्दै शिलाले स्वर्ण जितेकी हुन् । यस विधामा केशरी चौधरीको नाममा १२.२० मिटरको कीर्तिमान रहेको छ ।
यस्तै नेपाल पुलिस क्लबकी सीमा चौधरीले १०.७६ मिटर जम्प गर्दै रजत जितिन् भने एपीएफकी रन्जिता राईले ९.९१ मिटर जम्प गर्दै कास्य पदक जितिन् ।
प्रतिक्रिया 4