+
+

अभिनेत्री वर्षा सिवाकोटीलाई ‘हृदयघात’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १०:२२

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् ।

चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

अनलाइनखबरमा समाचार प्रकाशित भएपछि उनले फेसबुक पोस्ट पुनः सम्पादन गर्दै भूकम्पको कारण आफूलाई मिनी–हार्ट अट्याक भएको उल्लेख गरेकी छन् ।

२७ वर्षीया अभिनेत्री पछिल्लो समय देश विदेश घुमघाममा व्यस्त थिइन् । वर्षा पछिल्लो समय वैवाहिक सम्बन्धलाई लिएर समेत चर्चामा छिन् ।

केही दिनमा डिस्चार्ज हुन्छु : रामचन्द्र अधिकारी

पाका अभिनेता रामचन्द्र अधिकारीको स्वास्थ्य अवस्थालाई लिएर अफवाह फैलिएपछि उनले दुःख व्यक्त गरेका छन् । आफ्नो निधनको हल्ला फैलाएर परिवार र शुभचिन्तकलाई दुःख दिने काम गरेको भन्दै अधिकारीले आपत्ति व्यक्त गरेका छन् ।

‘म ठीक छु र केही दिनमा डिस्चार्ज हुन्छु,’ अनलाइनखबरसँग अधिकारीले भने, ‘गलत हल्ला फैलिंदा यसले मेरो परिवार र आफन्तलाई गाह्रो भएको छ । कृपया त्यस्तो नगर्नुहोला ।’

कलाकार संघको टोली बुधबार चावहिलस्थित मेडिकेयर अस्पतालमा पुगेर अधिकारीलाई भेटेको थियो । ‘उहाँको अवस्थामा सुधार भइरहेको छ र केही दिनमै डिस्चार्ज हुने तयारी छ,’ भेटपछि अभिनेता गोपाल ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?