
एप्पलले आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई केही समयअघि मात्रै विश्व बजारमा सार्वजनिक गरेको थियो । यी दुवै एप्पल कम्पनीका सबैभन्दा पछिल्ला फ्लागसिप ग्रेड स्मार्टफोन हुन् ।
विश्व बजारमा यी फोनको आकर्षण पनि अब्बल नै देखिएको छ । पछिल्लो एक तथ्यले चाहिं एप्पलका यी दुई नयाँ आइफोन ब्याट्रीको आयुका दृष्टिले पनि सबैभन्दा अब्बल रहेको देखाएको छ ।
PhoneArena ले आफ्नो युट्युब च्यानलमा गरेको ब्याट्री तुलना परीक्षणमा एप्पलका यी दुई आइफोनले अन्य ब्राण्डका आइफोनलाई पछाडि पारेका हुन् ।
उक्त परीक्षणमा एप्पलका आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई अन्य फ्लागसिप ग्रेड स्मार्टफोनसँग तुलना गरिएको थियो । त्यसमा गुगल पिक्सेल सेभेन प्रो, पिक्सेल सेभेन, पिक्सेल सिक्स प्रो तथा सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा लगायतका स्मार्टफोन सामेल थिए ।
सामसुङको ग्यालेक्सी एस २२ अल्ट्रा स्मार्टफोन आइफोन १४ प्रो सिरिजको सबैभन्दा ठूलो प्रतिस्पर्धीको रुपमा विश्व बजारमा रहेको छ । यद्यपि ब्याट्री लाइफका दृष्टिले आइफोन १४ प्रो र म्याक्स पछाडि तेस्रो स्थानमा पिक्सेल सेभेन प्रो रहेको छ । चौथो स्थानमा पिक्सेल ७ रहेको छ भने पाँचौं स्थानमा ग्यालेक्सी एस २२ अल्ट्रा रहेको छ । त्यस्तै पिक्सेल सिक्स प्रो छैटौं स्थानमा रहेको छ ।
उक्त परीक्षणका क्रममा देखिएको विभिन्न स्मार्टफोनको ब्याट्री लाइफ यस्तो पाइएको छ ।
-iPhone 14 Pro Max: 19 hrs & 5 mins
-iPhone 14 Pro: 16 hrs & 18 mins
-Pixel 7 Pro: 14 hrs & 19 mins
-Pixel 7: 13 hrs & 56 mins
-Galaxy S22 Ultra: 13 hrs & 17 mins
-Pixel 6 Pro: 13 hrs & 13 mins
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4