+
+

डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते २०:१६

३ कात्तिक, काठमाडौं । काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार देव शर्माले निर्वाचन आयोगले आफूलाई डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन्

। २६ असोजमा आयोगले डोजर चुनाव चिह्न दिएको तर अनुसूचीमा हेर्दा डोजर नभई रोलर देखिएको उनले बताएका छन् । उक्त चुनाव चिह्न सच्याउन निर्वाचन आयोगमा निवेदन दिँदा फेरि बुल्डोजर चिह्न दिएको भन्दै उनले रिट दिएका हुन् ।

‘यस्तो गैर राजनीतिक कदमविरुद्ध म निवेदक स्वयं निर्वाचन आयोग म उपस्थित भएर चुनाव चिन्ह सच्चाई पाउ भनि दिएको निबेदन उपर कुनै सरसल्लाह नगरी आफुखुशी डोजरको ठाउँमा फेरि अर्कै चुनाव चिन्ह बुल्डोजर राखी हामी डोजर चुनाव लिएका स्वतन्त्र उम्मेदवारहरुमाथि गरिएको असमानताका विरुद्ध उपयुक्त आदेश गरि पाउँ’ उनले रिटमा भनेका छन् ।

निर्वाचन आयोगको कदमबाट मतदातामा भ्रम पर्ने र निर्वाचनमा स्वच्छता कायम हुन नसक्ने रिटमा उल्लेख गरिएको छ । उक्त रिटमा शुक्रबारका लागि पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?